SELECT LANGUAGE : ENGLISH NEPALI
Headlines News
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, धनकुटाको आधिकारिक वेवसाइटमा यहांहरुलाई स्वागत छ । !                                                         सुचना आ .व.०७४/०७५                                                          प्रशासनको सूचना २०४७                                                         

परिचय

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, धनकुटा क्षेत्रमा स्वास्थ्यको प्रमुख प्राविधिक प्रशासनिक एकाइ हो। क्षेत्रीय स्वास्थ्य निर्देशनालयले क्षेत्रमा विभिन्न स्वास्थ्य संस्था मार्फत निवारक उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्दछ।
कामहरु:

  • क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूका लागि जनशक्तिको आवश्यकता निर्धारण गर्ने
  • क्षेत्रमा विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधी, उपकरण अन्य सामग्री आपूर्ति सुनिश्चित गर्ने
  • क्षेत्रमा स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारीता कार्यान्वयन सुनिश्चित गर्ने
  • विभिन्न तहमा क्षेत्रमा प्राकृतिक प्रकोप महामारी उत्पन्न हुने समस्या तत्काल समाधान व्यवस्थापन गर्ने
  • क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि अन्य संस्थाहरुसंग साझेदार समन्वय सुदृढ गर्ने
  • स्वास्थ्य सेवासंग सम्बन्धित सम्पुर्ण तथ्यलाई व्यवस्थित गर्ने आवश्यकता अनुसार प्रकाशित गर्ने
  • क्षेत्रमा स्वास्थ्य सेवा संचालनका लागि समस्याहरुको पहिचान गर्ने समाधानका उपायहरु खोज गर्ने
  • क्षेत्रमा सबै स्वास्थ्य संस्थामा सुपरिवेक्षण / निगरानी

 

» बाँकी



सन्देश


कार्यालय प्रमुखको तर्फ बाट

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले पहिलो पटक Web-site निर्माण गरि कार्य संचालन गर्ने सुरुवात गरिएको छ । बर्तमान अबस्थामा सूचना प्रबृद्धिको ठुलो महत्व रहेको अबस्थामा,यस कार्यालय बाट पहिलो पटक Web-site खोलि यस कार्यालय बाट र अन्य तालुक तथा मातहतका स्वास्थ्य सस्थाहरु बाट प्रदान गरेका स्वास्थ्य सेवाहरु तथा भबिश्यमा संचालन गरिने कार्यहरुको योजना,स्वास्थ्यका प्रमुख सूचकहरु,जनसंख्या,स्वास्थ्यका दिर्घकालिन योजना तथा महन्वपूर्ण सुचनाहरु राख्ने प्रयास गरिएको छ र साथै समय सापेक्ष सुचना तथा अन्य गतिबिधिहरु समेतलाई अध्याबधिक गर्दै लैजाने योजना समेत रहेको छ ।

यस Web-site मा राखेका महन्वपूर्ण सूचना तथा तथ्याकंहरुको प्रयोगकर्ताहरुले प्रयोग गरि पुनः यस कार्यलाई अझै प्रभाबकारी बनाउनको महन्वपूर्ण सुझाब सल्लाहा दिई सहयोग गर्नु हुनेछ भन्ने समेत मैले आशा एबं बिश्वास समेत राखेको छु ।

यस Web-site निर्माण कार्य गर्नकालागि आफ्नो महत्वपूर्ण समय दिई ब्यबस्थापन पक्षमा सहयोग गर्नुहुने बिशेषगरि Computer शाखामा कार्यरत Nabin Kishor Rai र अन्य सम्पूर्ण कर्मचारीहरुलाई समेत बिशेष धन्यबाद दिन चाहन्छु ।





» बाँकी

Annual Report