SELECT LANGUAGE : ENGLISH NEPALI
Headlines News
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, धनकुटाको आधिकारिक वेवसाइटमा यहांहरुलाई स्वागत छ । !                                                         सुचना आ .व.०७४/०७५                                                          प्रशासनको सूचना २०४७                                                         

प्रमुखको संदेश

कार्यालय प्रमुखको तर्फ बाट

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले पहिलो पटक Web-site निर्माण गरि कार्य संचालन गर्ने सुरुवात गरिएको छ । बर्तमान अबस्थामा सूचना प्रबृद्धिको ठुलो महत्व रहेको अबस्थामा,यस कार्यालय बाट पहिलो पटक Web-site खोलि यस कार्यालय बाट र अन्य तालुक तथा मातहतका स्वास्थ्य सस्थाहरु बाट प्रदान गरेका स्वास्थ्य सेवाहरु तथा भबिश्यमा संचालन गरिने कार्यहरुको योजना,स्वास्थ्यका प्रमुख सूचकहरु,जनसंख्या,स्वास्थ्यका दिर्घकालिन योजना तथा महन्वपूर्ण सुचनाहरु राख्ने प्रयास गरिएको छ र साथै समय सापेक्ष सुचना तथा अन्य गतिबिधिहरु समेतलाई अध्याबधिक गर्दै लैजाने योजना समेत रहेको छ ।

यस Web-site मा राखेका महन्वपूर्ण सूचना तथा तथ्याकंहरुको प्रयोगकर्ताहरुले प्रयोग गरि पुनः यस कार्यलाई अझै प्रभाबकारी बनाउनको महन्वपूर्ण सुझाब सल्लाहा दिई सहयोग गर्नु हुनेछ भन्ने समेत मैले आशा एबं बिश्वास समेत राखेको छु ।

यस Web-site निर्माण कार्य गर्नकालागि आफ्नो महत्वपूर्ण समय दिई ब्यबस्थापन पक्षमा सहयोग गर्नुहुने बिशेषगरि Computer शाखामा कार्यरत Nabin Kishor Rai र अन्य सम्पूर्ण कर्मचारीहरुलाई समेत बिशेष धन्यबाद दिन चाहन्छु ।